अर्नाको आक्रमणबाट बालिकाको मृत्यु, बालक घाइते • Image Khabar Image Khabar


अर्नाको आक्रमणबाट बालिकाको मृत्यु, बालक घाइते


Imagekhabar
२ माघ २०७४, मंगलवार १६:४३

अर्नाको आक्रमणबाट बालिकाको मृत्यु, बालक घाइते

सुनसरीको कोशी गाउँपालिकाकी १३ बर्षीया बालिका सजनम खातुनको मृत्यु भएको हो भने जाबेद आलम गम्भीर घाईते भएको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जनाकारी दिए ।

घाईते बालकको जिल्ला अस्पताल सुनसरीमा उपचार भइरहेको छ ।

घरबाट कोसी कटानतर्फ जाँदै गरेका उनीहरुलाई अर्नाले आक्रमण गरेको बताइएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षलाई सरकारले तारबार नगरेका कारण बेला बेलामा अर्ना र जङ्गली हात्ती बाहिर निस्कने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्