बुधबारदेखि दाङ अनिश्चितकालिन बन्द, दाङलाई प्रादेशिक राजधानी नतोकेसम्म आन्दोलन नरोक्ने चेतावनी • Image Khabar Image Khabar


बुधबारदेखि दाङ अनिश्चितकालिन बन्द, दाङलाई प्रादेशिक राजधानी नतोकेसम्म आन्दोलन नरोक्ने चेतावनी


Imagekhabar
२ माघ २०७४, मंगलवार १८:२२

बुधबारदेखि दाङ अनिश्चितकालिन बन्द, दाङलाई प्रादेशिक राजधानी नतोकेसम्म आन्दोलन नरोक्ने चेतावनी

दाङ प्रादेशिक राजधानी सरोकार समितिले मंगलबार दिउँसो २ बजे देखि ४ बजेसम्म बजार बन्द गराएका थिए । बुधबारदेखि दाङमा अनिश्चितकालिन बन्दको घोषणा गरिएको छ ।

दाङलाई प्रादेशिक राजधानी नतोकिएसम्म अनिश्चितकालिन बन्दको घोषणा गरिएको दाङ प्रादेशिक राजधानी सरोकार समितिले बताएको छ ।

दाङ प्रादेशिक राजधानी सरोकार समितिको नेतृत्वमा जिल्लाका सम्पुर्ण राजनीतिक दलहरु, उद्योग बाणिज्य संघ, नागरिक समाज र विभिन्न सामाजिक संघसंस्थाहरुको समन्वयमा दाङका सम्पुर्ण गतिविधिहरु बन्द हुने भएका छन् ।

दाङको भालुवाङ, लमही, घोराही, नारायणपुर, बिजौरी र तुलसीपुरमा स्थानीय उद्योग बाणिज्य संघको समन्वयमा बुधबारदेखि अनिश्चितकालिन बन्दको घोषणा गरिएको समितिका संयोजक नारायणप्रसाद भुषालले जानकारी दिए ।

जिल्लाका कलकारखाना, विद्यालय, यातायात लगायतका सम्पुर्ण गतिविधि बन्द गरिने उनले जानकारी दिए । पुर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ खण्ड पुरै ठप्प पारिने भएको छ । दाङलाई राजधानी नतोकिएसम्म बन्द नखोलिने बताइएको छ ।

साथै बुधबार बिहान ८ बजे घोराहीमा विशाल जनप्रदर्शनको आयोजना गरिएको छ ।

सरकारको निर्णयप्रति असहमति जनाउँदै विरोध प्रदर्शनका लागि स्थानीयहरु सडकमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्