१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


पूर्वी नाका पशुपतिनगरमा प्रहरीको आधुनिक भवन


0
Shares

नेपाल–भारत सीमाको पशुपतिनगरमा पुनर्निर्माण गरिएको इलाका प्रहरी कार्यालय भवन उदघाटन गर्दै उनले भने, ‘अब कार्य क्षमतामा पनि सुधारको महसुस हुने छ ।’ उनले प्रहरीमा पनि प्रविधि अनुसार अनुसन्धानको विधि परिवर्तन हुँदै गएकाले नागरिकमा परिवर्तनको महसुस हुने धारणा राखे ।

अतिरिक्त महानिरीक्षक उपाध्यायले अपराधको स्वरुप बद्लिएको भन्दै प्रहरीले पनि अनुसन्धानको दायरा फराकिलो पारेको बताए । उनले अपराधको गहिराईमा पुगेरमात्र अपराधीको पहिचान गर्नुपर्ने बताए । उनले सामाजिक दवावाको भरमा अनुसन्धानलाई कसैप्रति केन्द्रित गर्नुनहुनेमा समेत जोड दिए ।

इलाममा शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत ४ वटा प्रहरी इकाईको भवन पुनर्निर्माण भएको प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिए । २०६० साल चैत २५ गते क्षतिग्रस्त भएको पशुपतिनगरको भवन १ करोड ४३ लाख ४० हजार ८१९ मा निर्माण सम्पन्न भएको थापाले जानकारी दिए ।

भवनको भुई तलामा सुविधायुक्त पुरुष तथा महिला हिरासत कक्षहरु, गार्ड कक्ष, प्रशासनिक कक्ष, कार्यलय प्रमुख, अपराध अनुसन्धान कक्ष, महिला तथा बालबालिका सेवा केन्द्र, बैठक कक्ष र सञ्चार कक्ष लगायत रहेको थापाले जानकारी दिए । भवनमा १४ वटा कोठा रहेको उनले बताए ।

संघीय इकाई प्रहरी कार्यालय चन्द्रगढी झापाका प्रहरी प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले कर्तव्य पालनका क्रममा सबै तहले अग्रसरता लिनुपर्ने बताए । प्रहरीको संरचनाले जनतालाई राहतको आभाष भएको निर्माण समितिका अध्यक्ष सवित्री सिवाले बताईन् ।