 
	    काठमाडौं । बेल्जियम र नेदरल्यान्ड्स विश्वकप हक्की प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएका प्ले अफ् खेलहरुमा जित हात पार्दै दुई युरोपियन टोलीहरु बेल्जियम र नेदरल्याण्ड्सले क्वाटरफाइनलमा ठाउँ सुरक्षित गरेका हुन् ।
भारतको ओडिसामा जारी प्रतियोगिताको प्ले अफ्मा बेल्जियमले एसियाली टोली पाकिस्तानलाई ५–० ले हरायो ।
यसैगरी नेदरल्याण्ड्सले क्यानडामाथि समान ५–० कै जित निकाल्यो । गएरातिका खेलपछि विश्वकप हक्कीको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
क्वाटरफाइनलमा बेल्जियम र र जर्मनी, नेदरल्याण्ड्स र भारत, फ्रान्स र अष्ट्रेलिया तथा इङ्ल्यान्ड र अर्जेन्टिना भिड्नेछन् । क्वाटरफाइनल खेल आजैबाट हुनेछन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्