२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौंको भित्री सहरमा चारपांग्रे सवारी निधेष, के भन्छन् बटुवा र व्यापारी ? (भिडियो)


0
Shares

यी स्थानमा विहान ७ बजेदेखि वेलुका ७ बजेसम्म चार पांग्रे प्रवेशमा रोक लगाइएको हो ।

चारपांग्रे सवारी प्रवेशमा रोक लगाइएपछि बटुवाहरुले निकै सहज महसुस गरेका छन् भने ब्यापारीहरुलाई ब्यापार घट्ने त होइन भन्ने चिन्ता परेको छ । उनीहरुले आवश्यकतालाई हेरेर पासको व्यवस्था गरी गाडी प्रवेश गराउने विकल्प दिनुपर्ने बताएका छन् ।

व्यवसायिक चहलपहल हुने क्षेत्रमा ट्याक्सी लगायतका चारपांग्रे प्रवेशमा निषेध गरिएपछि व्यापारमा कमी आएको असन छेउमा किराना व्यवसाय गर्ने व्यापारीहरुको दाबी छ ।

ट्राफिक व्यवस्थापनको हिसावबाट निकै सकारात्मक कामको रुपमा लिइएको चारपांग्रे सवारी निषेध व्यवहारिक कार्यान्वयनको हिसावमा भने चुनौतीपूर्ण छ ।

भिडियो हेर्नुहोस्