२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुदुर पश्चिम खप्तड गोल्डकपको टिकटबाट पौने १९ लाख आम्दानी


0
Shares

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लवको आयोजनामा ११ दिनसम्म सञ्चालन भएको गोल्डकपमा चिसो र शीतलहरका बाबजुत पनि १८ लाख ७० हजार रकम संकलन भएको हो । उदघाटनको दिनमा झण्डै ५ हजार बढी दर्शक थिए भने फाईनलमा दर्शकहरु राख्ने ठाउँ नभएपछि आयोजकले टिकट नै बन्द गरेको थियो ।

प्रतियोगितालाई झण्डै ५० हजार दर्शकहरुले अवलोकन गरेको प्रतियोगिताका प्रवक्ता ओम विक्रम चन्दले जानकारी दिए । देशकै सर्वाधिक धनराशीको फुटवल प्रतियोगिता सफल पार्न दर्शकहरुले साथ दिएपछि आयोजक उत्साहित भएका छन् । एक सय र एक सय ५० मुल्य पर्ने टिकट दर कायम गरिएकोमा अधिकांश टिकट एक सय रुपैयाँकै बिक्री भएको आयोजकले जानकारी दिएको छ । यसको औसत हिसाव गर्दा पनि झण्डै १५ हजार दर्शकहरुले पैसा तिरेर गोल्डकपका खेलहरु हेरेका छन् ।

त्यसमा आयोजकले झण्डै ५ हजार वढी पासहरु निशुल्क वितरण गरेकोमा दैनिक ३ हजार बढीले खेल हेरेका थिए । सबै गरेर ५० हजारभन्दा बढी दर्शकले खेल हेरेको टिकट व्यवस्थापन समितिका संयोजक धुव बरालले बताए । उनका अनुसार फाईनलमा मात्रै ६ लाख २१ हजारको टिकट बिक्री भएको छ ।