२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ट्रकको ठक्करबाट स्कुटरमा सवार भारतीय नागरिकको मृत्यु


0
Shares

प्रहरीका अनुसार ना२ख ९९६० नम्बरको ट्रकले भारतीय नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर पछाडी सवार भारतीय नागरिक २४ वर्षीया मुबसरा खातुनको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक भारतकै २७ वर्षीय अतिकुल रहिमान घाइते भएका छन् ।

घाइते रहिमानको संजीवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।