१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


महोत्तरीमा मध्यरातमा चौधरीको हत्या


0
Shares

गौशाला । महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ ।

चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार्कीले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको छ ।