काठमाडौंमा बैंकिङ् एक्स्पो हुने • Image Khabar Image Khabar


काठमाडौंमा बैंकिङ् एक्स्पो हुने


Imagekhabar
३ माघ २०७४, बुधबार १३:२८

काठमाडौंमा बैंकिङ् एक्स्पो हुने

नेपाल बैङ्कर्स एसोशिएसनले राजधानीमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो ।

एक्स्पोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र वोर्ड, युवा स्वरोजगार कोष, नागरिक लगानी कोष, विकास वैंक तथा वीमा कम्पनीहरु, फाइनान्स कम्पनीलगायत सहभागि हुनेछन् ।

एक्स्पोमा करीब ७० वटा स्टल राखिने बताइएको छ ।

आम नागरिकको बैकिङ् पहुँच बढाउने र बैंकबाट कर्जा लिएर उद्यमशिलताको विकास गर्ने तथा बैंकिङ् क्षेत्रमा भित्रिएका नयाँ प्रविधिवारे सर्वसाधारलाई जानकारी गराउन एक्स्पोको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

यसैगरी ई बैकिङ् एवं अन्य बैंकिङ् कार्ड तथा मोवाईल बैंकिङ् सेवाबारे पनि जानकारी गराउने एक्स्पोको उद्देश्य रहेको आयोजकहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्