कानुनी अड्चन फुकाएर नयाँ सरकार गठनको बाटो खोल्नुपर्छ : ज्ञवाली • Image Khabar Image Khabar


कानुनी अड्चन फुकाएर नयाँ सरकार गठनको बाटो खोल्नुपर्छ : ज्ञवाली


Imagekhabar
३ माघ २०७४, बुधबार १४:२९

कानुनी अड्चन फुकाएर नयाँ सरकार गठनको बाटो खोल्नुपर्छ : ज्ञवाली

अनेरास्ववियुद्वारा आयोजित दुईदिने काठमाडौं उपत्यकास्तरीय प्रशिक्षणलाई राजधानीमा सम्बोधन गर्दै उनले जनमतको कदर गर्नका लागि सरकारले कानुनी अड्चन फुकाउनुपर्ने बताएका हुन् ।

‘अन्य मुलुकमा सत्तासीन दल पराजित भइसकेपछि सरकार छाड्न हतारिन्छन्’–उनले भने–‘तर हाम्रो देशमा सरकारका दल पराजित भइसके पनि सत्तालिप्सा भएर कुर्सीमा बसेका छन् । यहाँ निर्वाचनपछि जनमतको कदर भएको देखिँदैन ।’

सचिव ज्ञवालीले सरकारले प्रदेशप्रमुख र अस्थायी मुकाम तोक्न ढिलाइले राष्ट्रियसभाको निर्वाचनमा असर पर्ने बताउँदै चाँडै नै प्रदेशप्रमुख र अस्थायी मुकाम तोक्नुपर्ने बताए ।

उनले वाम एकताका लागि बिथोल्न केही शक्ति अझै लागिपरेको भन्दै त्यो सफल नहुने धारणा राखे ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली बैंककबाट आएपछि नेकपा माओवादी केन्द्रसँगको एकतालाई मूर्तरुप दिने बताए ।

पार्टी एकताका लागि दुई पार्टीको व्यवस्थापनमा कुनै समस्या नभएको उनको भनाइ थियो ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले वाम एकताले नेपाली कम्युनिष्ट विद्यार्थीको आन्दोलनलाई थप सहयोग पुर्‍याउने दाबी गरिन् ।

कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सबै अनेरास्ववियु मातहतका कमिटीको सहभागिता रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्