वाम गठबन्धनको सरकार निर्माणमा कांग्रेसले कुनैपनि किसिमको अवरोध गर्न हुँदैन : केसी • Image Khabar Image Khabar


वाम गठबन्धनको सरकार निर्माणमा कांग्रेसले कुनैपनि किसिमको अवरोध गर्न हुँदैन : केसी


Imagekhabar
३ माघ २०७४, बुधबार १९:५५

वाम गठबन्धनको सरकार निर्माणमा कांग्रेसले कुनैपनि किसिमको अवरोध गर्न हुँदैन : केसी

बुधबार धादिङमा आयोजित नेपाल विद्यार्थी संघ प्रदेश नम्बर–३ को प्रशिक्षण कार्यक्रममा उनले वाम गठबन्धनको सरकार निर्माणमा कुनैपनि दलका नेताहरुलाई कांग्रेस नेतृत्वले उचाल्ने र सरकार गठनका लागि रोक्ने काम गर्न नहुने बताए ।

नेता केसीले लोकतान्त्रिक पद्दतिअनुसार पार्टी चल्नुपर्ने पनि बताए ।

कांग्रेसले निर्वाचनमा लज्जास्पद हारको सामाना गर्नुपरेको इतिहासमा नै पहिलोपटक भएको भन्दै नेतृत्वका कारण हारको सामना गर्नुपरेको जिकिर गरे ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, धादिङका रामनाथ अधिकारीलगायतका वक्ताहरुले भने ७० वर्ष पुगेका कांग्रेस नेताहरुले नेतृत्व छाडी युवाहरुलाई पालो दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्