कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव « Image Khabar


कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव



बैंकले आफ्नो ५१औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको हो ।

बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी ८ अर्ब ५० करोड ५२ लाख रुपैयाँ कायम हुने बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले बताए ।

आर्थिक वर्ष २०७३/७४ मा बैंकले ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको थियो । यसै आर्थिक वर्षमा बैंकले १ खर्ब ९ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

आर्थिक वर्ष २०७३/७४ मा बैंक २ अर्ब ८५ करोड सन्चालन मुनाफा आर्जन गर्न सफल भएको पनि जनाइएको छ ।