
बुधबार राजधानीमा नेसनल बिजनेस इनिसिएटिभले नेपालको श्रम ऐनले पार्ने प्रभावसम्बन्धी गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले परिवर्तन गरिएको श्रम ऐनले प्रभाव नपार्ने जनाएका हुन् ।
श्रम ऐनले रोजगारदाता श्रमिकबीचको सम्बन्धमा असर नपर्ने वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले बताए ।
नयाँ ऐनले औद्योगिक क्षेत्र र श्रमिकमा भने चुनौती थपेको उनको भनाइ छ ।
श्रम ऐन श्रमिकको हित, रोजगारदाता र श्रमिकको अधिकार, कर्तव्य, श्रमशोषण अन्त्य एवं उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले ल्याइएकोमा विज्ञहरु सकारात्मक रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्