२ असार २०८२, सोमबार | Mon Jun 16 2025


दक्षिण कोरिया र उत्तर कोरियाले एउटै झण्डा लिएर मार्च पास गर्ने


0
Shares

पानमुन्जोमा भएको वार्ता पछि दुई कोरिया संयुक्त महिला आइस हकी टोली बनाएर प्रतियोगितामा भाग लिने सहमति समेत भएको छ ।

तर दक्षिण कोरियाका हकी प्रशिक्षक र पुरातन सोच राख्ने पत्रिकाहरुले एकीकृत हकी टिमको आलोचना गर्दै यो निर्णयले पदक जित्ने दक्षिण कोरियाको सम्भावनामा असर पार्ने बताएका छन् ।

दक्षिण कोरियाको प्योङचाङमा आगामी फेब्रुअरी ९ देखी २७ सम्म ओलम्पिक आयोजना हुंदैछ ।

दुई मुलुकबीच दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक उच्चस्तरीय वार्ता भएको हो ।

उत्तर कोरियाले परमाणु कार्यक्रमलाई निरन्तरता दिइरहेका बेला दुई कोरियाबीच सम्बन्ध सुधारको तीब्रता बढिरहेको छ ।