
दुई वर्षभित्रमा पूर्णरूपमा सञ्चालनमा ल्याउनेगरी निर्माण अघि बढाइए पनि ठेकेदारले सुस्त काम गर्दा विमानस्थल धावन मार्ग निर्माणमा ढिलाई भएको हो ।
खोटाङको थामखर्क विमानस्थलको कच्ची धावन मार्गका कारण विगत नौ महिनादेखी यहाँ हवाई सेवा सञ्चालन हुन सकेको छैन ।
दुइ वर्षभित्रमा पूर्णरूपमा सञ्चालनमा ल्याउनेगरी निर्माण कार्य अघि बढाइए पनि ठेकेदार कम्पनीले सुस्त गतिमा काम अघि बढाउँदा विमानस्थल धावन मार्ग निर्माणकार्यमा ढिलाई भएको हो ।
विमानस्थल कालोपत्रेको काम ढिलाई भएको भन्दै त्यस क्षेत्रका सर्वसाधारण आक्रोसित बनेका छन् ।
नेपाल नागरिक उड्ययन प्राधिकरणको नौ करोड ३८ लाख ६८ हजार ७ सय रुपैयाँ सहयोगमा सुरु गरिएको धावन मार्ग कालोपत्र गर्ने काम रौता कन्ट्रक्सन कम्पनीले ठेक्का पाएको हो ।
२०७३ माघ देखि सुरु भएको काम २०७५ असार मसान्तसम्म सम्पन्न गर्ने म्याद रहे पनि वर्ष दिन पुग्न लाग्दा पनि कालो पत्रेको काम अझै सुरु हुन सकेको छैन ।
नागरिक उड्ययन प्राधिकरणमा ठेकेदार समेतलाई बोलाएर विमानस्थल शिग्र सञ्चालन गर्नमा जोडदार रुपमा दवाव दिने पक्षमा रहेको खोटाङ प्रतिनिधिसभा सदस्य सांसद विशाल भट्टराईले बताए ।
विमानस्थल कालोपत्रे नहुँदा गत २०७३ चैत्रबाट उडान अवरुद्ध भएको छ । विमानस्थल कालोपत्रे भएपछि भने दक्षिणी क्षेत्रका स्थानीय तथा छिमेकी जिल्ला भोजपुरका सर्वसाधारणले समेत सेवा पाउने छन् ।
विमानस्थलमा हाल १५ जना कामदारहरुले काम गरिरहेका छन् । शुरु शुरुमा विमानस्थलको काम तिब्र गतिमा अगाडि बढे पनि हालभने सुस्त गतिमा रहेको स्थानीय नै बताउँछन् ।
२०७५ सालको असार मसान्तभित्रमा काम सम्पन्न भएर उडान भर्नु पर्नेमा विमानस्थलका सुपरभाइजर दानबहादुर श्रेष्ठ नै विमानस्थल सञ्चालन हुनेमा यसै भन्ने स्थिती नरहेको बताउँछन् ।
कालोपत्रेसँगै नियमित उडानको प्रबन्ध भए त्यस क्षेत्रका सर्वसाधारणलाई राजधानी काठमाडौँलगायत तराईका जिल्लासम्म पुग्न सहजता मिल्नेछ । विमानस्थलमा ०७३ चैत्र १३ गत्तेदेखि उडान अबरुद्ध छ ।
प्रतिक्रिया दिनुहोस्