कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै • Image Khabar Image Khabar


कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै


Imagekhabar
४ माघ २०७४, बिहीबार ०९:५३

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्ने बैठकमा राष्ट्रियसभा चुनावमा पार्टीको तयारी, उम्मेदवार चयन, अरु दलसँगको सहकार्यका बारेमा छलफल हुनेछ ।

राष्ट्रिय सभा निर्वाचनको विषय टुंग्याएपछि हालै भएको निर्वाचनमा ब्यहोर्नुपरेको पराजयका बारेमा पनि समीक्षा गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा ब्यहोर्नुपरेको हारका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन नेताहरुले सभापति शेरबहादुर देउवालाई दबाब दिएपछि ढिलो गरेर बैठक बोलाइएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि युवा नेताहरुले संगठन सुदृढीकरण, विभिन्न विभाग र भ्रातृ संगठनको पूर्णता एवं प्रभावकारी परिचालनलगायत विषयमा नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशन बोलाउनसमेत माग गरेका सन्दर्भमा बैठक हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्