२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तीनजुरे-मिल्के-जलजले क्षेत्रको सुचना दिन पर्यटन सूचना केन्द्र स्थापना


0
Shares

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमको रुपमा रहेको यो क्षेत्रमा आउने आन्तरिक र वाह्य पर्यटकलाई सूचना प्राप्त गर्न सहज हुने गरीे गुफाबजारमा स्थानीय युवाले पर्यटन सूचना केन्द्र स्थापना गरेका छन् ।

सरकारीस्तरबाटै पर्यटन सूचना केन्द्र संचालन हुनुपर्ने भएपनि अहिलेसम्म नभएपछि स्थानीय युवाले नै टिएमजे पर्यटन प्रवद्र्धन केन्द्रको रुपमा संगठित भएर पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याएका हुन् ।

एउटै बनमा २८ प्रजातिका गुराँस पाइने टिएमजे क्षेत्रका पर्यटन उद्योग तथा व्यवसायको प्रवद्र्धन साथै सो क्षेत्रका अत्यावश्यक सूचना सम्प्रेषणका लागि सूचना केन्द्र स्थापना गरिएको सदस्य योगेश भट्टराईले बताए ।

यो क्षेत्रमा गुराँस फुल्दा पर्यटकको भीड लाग्छ ।