२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


धनकुटा तनावग्रस्त, सरकारी कार्यालयमा तोडफोड, अनिश्चितकालीन कर्फ्यू आदेश


0
Shares

स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्यू लगाएको छ । साढे ११ बजेदेखि लागु हुने गरी अनिश्चितकालसम्मको लागि कफ्र्यू लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए ।

स्थानीय प्रशासनले धनकुटा सदरमुकामस्थित जिरोप्वाइन्ट, श्रीवाहीनी, बिहीबारे हटिया, त्रिवेणी चोक लगायत क्षेत्रलाई निशेधित क्षेत्र तोकेको छ ।

त्यस्तै आजै आन्दोलनकारीहरुले पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका आधादर्जन भन्दा वढी सरकारी कार्यालयमा तोडफोड गरेका छन् ।

आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा रहेको फर्निचरमा पनि आगो लगाएका छन् । आगलागीबाट टेवल, कुर्सी लगायत फर्निचर जलेका छन् ।

आक्रोशित आन्दोलनकारीले सो कार्यालयको झ्यालमा रहेको सिसा समेत फुटाएका छन् । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार समेत गरेको थियो ।

त्यस्तै आन्दोलनकारीले डिभिजन सहरी विकास कार्यालयमा समेत तोडफोड गरेका छन् । उनीहरुले कार्यालयमा रहेको को १ त १०६४ नम्वरको वाइक जलाएका छन् ।

आन्दोलनकारीले आगो निभाउन हिडेको धनकुटा नगरपालिकाको दमकल र दलित हकहित समन्वय समिति केराबारी मोरङको को२च ४३२ नम्बरको एम्बुलेन्स तोडफोड गरेका गरेका छन् ।

आन्दोलनकारीलाई नियन्त्रण गर्न खोज्दा प्रहरीको लाठीचार्जबाट नेपाली कांग्रेस धनकुटाका कोषाध्यष दिनेश राई सहित सात जना घाईते भएका छन् । घाईते राईको टाउकोमा गम्भिर चोट लागेको छ ।