
बिहीबार आन्दोलनकारीहरुले क्षेत्रीय प्रशासन कार्यलय दिपायलमा ढुंगामुढा तथा आगजनी गरेका छन् । उनीहरुले डोटीका तीनओटा प्रहरी बिट पूर्णरुपमा भत्काएका छन् ।
आन्दोलनकारीहरुले क्षेत्रीय प्रशासकको कार्यालयमा पनि तोडफोड गरेका छन् ।
आन्दोलनकारीलाई नियन्त्रण गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालय डोटीले ७ सेल अश्रुग्यास प्रहार गरेको छ । सोक्रममा भएको झडपमा तीनजना आन्दोलनकारी र एकजना प्रहरी घाइते भएका छन् ।
अहिलेपनि डोटीमा स्थानीयहरुले सरकारी कार्यालयहरुमा ढुंगामुढा प्रहार गरिरहेका छन् ।
७ नम्बर प्रदेशको राजधानी दिपायलमा कायम हुनुपर्ने माग गर्दै डोटेलीले लगातार आन्दोलन गर्दै आएका छन् ।
यसैबीच, प्रदेश नम्बर–७ को प्रदेश राजधानी डोटी नतोकिएको भन्दै असन्तुष्ट नेपाली कांग्रेस कार्यकर्ताहरुले पार्टी छाड्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्