
बिहीबार क्षेत्रीय प्रशासन कार्यालय दिपायललगायतका क्षेत्रीय कार्यालयहरुमा ढुंगामुडा र तोडफोड गरिएको छ ।
प्रदर्शनकाक्रममा आन्दोलनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालमा आगजनी गर्नेगरी गेटभित्र आगो फालेका थिए ।
आन्दोलनकारीहरुले प्रहरीको घेरा तोडेर प्रशासन कार्यालयको गेटभित्र पसेर आगजनी गर्न खोजेपछि प्रहरीले तितरबितर पार्न १३ सेल अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।
सोक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको थियो । भागदौडकाक्रममा चारजना आन्दोलनकारी, पाँचजना जनपद प्रहरी र चारजना सशस्त्र प्रहरी घाइते भएको प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएका दिपायल–सिलगढी नगरपालिका–४ का भरत बिकलाई उपचारका लागि धनगढी रेफर गरिएको छ ।
अरु घाइते प्रदर्शनकारीको दिपायलस्थित सुजंग अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलनकारीहरुले प्रदर्शन जारी राखेका छन् । स्थिति तनावपूर्ण बनेको छ । आन्दोलनकारीले प्रहरीका तीनओटा बिट र सडक कार्यालयको एउटा टिपरमासमेत तोडफोड गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्