२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


संवैधानिक परिषदको बैठक बस्दै नबसी स्थगित


0
Shares

काठमाडौं, मंसिर २५ । नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न डाकिएको संवैधानिक परिषदको बैठक मंगलबार पनि बस्न सकेन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा डाकिएको बैठक बस्दै नबसी स्थगित गरिएको हो ।

अर्को बैठक आगामी पुस ५ गतेका लागि बोलाइएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले त्यसअगावै नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरिसक्नुपर्दछ ।

न्याय परिषदले यसअघि नै वरिष्ठ न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम संवैधानिक परिषदमा पठाएको छ ।

सामान्यतः एक महिनाअघि नै नियुक्तिको सिफारिस गर्ने चलन भएपनि संवैधानिक परिषदको बैठक नै बस्न नसक्दा प्रधानन्यायाधीश नियुक्तिको सिफारिसमा विलम्ब भएको छ ।

यसअघि, यही मंसिर १७ गते बसेको परिषदको बैठकमा निर्णय हुन नसकेपछि २२ गतेका लागि बैठक बोलाइएकोमा उक्त दिन शनिबार परेपछि मंगलबारका लागि बैठक डाकिएको थियो ।

संवैधानिक परिषदको बैठक बस्न नसक्दा अन्य संवैधानिक आयोगमा गर्नुपर्ने नियुक्ति पनि हुन सकेको छैन ।