२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रदेश–७ मा इन्धनको खपत झन्डै दोब्बरले वृद्धि


0
Shares

बढ्दो सहरीकरण तथा आयातमुखी अर्थतन्त्रका कारण इन्धनको माग दैनिक बढ्दै गएको आयल निगमले जनाएको छ । निर्माण परियोजना बढिरहेकाले पनि इन्धनको माग बढेको हो ।

आयल निगमको सुदूरपश्चिम क्षेत्रीय कार्यालय धनगढीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/७१ मा ७३ लाख ८ हजार लिटर पेट्रोल खपत भएको थियो । २०७३/७४ मा १ करोड ३७ लाख ८४ हजार लिटर पेट्रोल खपत भएको छ ।

यस्तै, आर्थिक वर्ष २०७०/७१ मा ३ करोड ९१ लाख ६८ हजार लिटर खपत भएको डिजेल २०७३/७४ मा बढेर ६ करोड ४० लाख २८ हजार लिटर पुगेको निगमको तथ्यांकमा छ ।

सवारी–साधनको संख्या वर्सेनि थपिँदै गएकाले पनि इन्धनको खपत बढ्दै गएको देखिन्छ ।

विगतका वर्षभन्दा हाल सवारीको चाप बढ्दै जानु र विकास–निर्माणका कामले पनि गति लिएकाले इन्धनको माग बढेको आयल निगम सुदूरपश्चिम क्षेत्रीय कार्यालय धनगढीका निमित्त क्षेत्रीय प्रमुख शिवराज भण्डारीको भनाइ छ ।

इन्धनको माग वर्षेनि बढ्दै गएकाले भन्डारण विस्तार नभए ठूलो चुनौती थपिने निगमको भनाइ छ ।

आयल निगम सुदूरपश्चिम क्षेत्रीय कार्यालय डिपोमा अहिले १५ लाख लिटरसम्ममात्र भन्डारण गर्नसक्ने क्षमता छ ।