दुर्घटनामा ३ जनाको मृत्यु, १० जना घाइते • Image Khabar Image Khabar


दुर्घटनामा ३ जनाको मृत्यु, १० जना घाइते


Imagekhabar
५ माघ २०७४, शुक्रबार ०८:२८

दुर्घटनामा ३ जनाको मृत्यु, १० जना घाइते

तातोपानीबाट बाह्रबीसेतर्फ आउँदै गरेको ना१च ९९५० नम्बरको जिप दुर्घटना हुँदा बाह्रबीसे–८ मानेश्वराकी १४ बर्षीया गोमा तामाङ, वडा नं ६ की १५ बर्षीया पासाङ तामाङ र वडा नं ९ की १६ बर्षीया समीक्षा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक पंचकुमार बाखुले बताए ।

घाइतेमध्ये गम्भिर अवस्थाका ३ जनाको काभ्रे तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते ७ जना भने स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि घर फर्किएका छन् ।

अनियन्त्रित भई गाडी सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्