
दुई दशकअघिदेखि निर्माणाधीन ४१ किलोमिटर सडकको सबै काम सम्पन्न भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । एक सातापछि साना सवारी साधन गुडाउन दिइने समितिका अध्यक्ष गगन पुरीले बताए ।
यसअघि रतुवा खोलाको किनारै किनार सवारी साधन सञ्चालन हुन्थे । उपभोक्ता समितिले माघ ७ गतेदेखि सबै खाले यातायात चलाउन दिने जनाएको छ ।
वर्षाको समयमा अवरुद्ध हुने सडक हिउँदमा पनि घर्तीदोभानसम्म रतुवा खोलाको किनारै किनार सवारी साधन चलाउनु पर्दथ्यो । अब भने हिउँद–वर्षात् दुबै सिजनमा यस मार्गबाट गाडी गुड्न सक्नेछन् ।
सडक नबन्दा वर्षा याममा दमकबाट रविसम्म पुग्न इलाम सदरमुकाम, राँके हुँदै जाँदा १७८ किलोमिटरको दूरी पार गर्र्न दुई दिन लाग्दथ्यो ।
प्रतिक्रिया दिनुहोस्