१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेपाल-भारत सीमामा नेपाली भूमी मिचेर जंगे पिलर सारिएकोप्रति आपत्ति


0
Shares

साझा पार्टीका प्रवक्ता रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै टोलीले हालसम्म ‘हराएका र क्षतिग्रस्त पिलर’ बारेको अवस्था, पिलरको निर्माण तथा मर्मतकार्यको सिलसिलामा सर्वेक्षण कार्यमा प्रयोग भएको प्रविधि, ऐतिहासिक तथ्य एवं नापनक्साका बारेमा जानकारी सरकारलाई आग्रह गरेको हो ।

साझा पार्टीले देशको सीमानाजस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिएर कहीँकतैबाट नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनतामा आँच आउनेखालका कुनै पनि गतिविधि हुन नदिन सरकारलाई दृढ रहन पनि आग्रह गरेको छ ।

साझा पार्टीले सिमाना मिचिएका कुरा नेपालका सीमाविद्ले गम्भीर चिन्ता व्यक्त गर्दा पनि सरकारले केही प्रतिक्रिया नजनाएको उल्लेख गरेको छ ।

नेपाल र भारतले संयुक्तरूपमा गरिरहेको ‘हराएका र क्षतिग्रस्त पिलर’को निर्माण र मर्मतका क्रममा वीरगञ्ज महानगरपालिका–१, छप्कैया क्षेत्रमा स्थानीयवासीको ३० बिगाहाभन्दा बढी जमिन मिचिएको भन्नेबारे पनि ध्यानाकर्षण भएको साझा पार्टीले जनाएको छ ।

त्यस्तै यता नेपाल तरुण दलले पनि पर्सा, रौतहट, कंचनपुर लगायत विभिन्न जिल्लाको नेपाली भूमी मिचेर जंगे पिलर सारिएको घटनाप्रति गम्भीर आपत्ती प्रकट गरेको छ ।

महामन्त्री भुपेन्द्रजंग शाहीले एक विज्ञप्ती जारी गर्दै नेपाली सिमा र अस्मिता माथि गम्भीर चोट पुर्‍याउने उक्त कदमलाई तत्काल रोक्न आग्रह गरेका छन् ।