
राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा देशभरका १७० खेलाडी सहभागी छन् ।
विभिन्न १६ तौल समूह र १८ पुम्से गरी कुल ३४ इभेन्टमा खेल खेलाइने आयोजकले जनाएको छ ।
३४ स्वर्ण ३४ रजत र ६८ कास्यपदक गरी कुल १३६ पदकका लागि प्रतिस्पर्धा हुने राष्ट्रिय तेक्वान्दो संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले जानकारी दिए ।
प्रतियोगिता शुक्रबार र शनिबार गरी दुई दिन सन्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्