प्रदेशप्रमुखहरुले लिए शपथ • Image Khabar Image Khabar


प्रदेशप्रमुखहरुले लिए शपथ


Imagekhabar
५ माघ २०७४, शुक्रबार १७:३८

प्रदेशप्रमुखहरुले लिए शपथ

शुक्रबार अपराह्न राष्ट्रपति भवन शीलत निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सातओटै प्रदेशमा प्रमुख नियुक्त गरी शपथ गराएकी हुन् ।

सरकारले गत बुधबार प्रदेशप्रमुखको टुंगो लगाउँदै नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सरकारले प्रदेश नम्बर–१ मा प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश–२ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ मा अनुराधा कोइराला, प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा उमाकान्त झा, प्रदेश–६ मा दुर्गाकेशर खनाल र प्रदेश–७ मा मोहनराज मल्ललाई प्रदेशप्रमुखमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

उनीहरु सातैजनालाई राष्ट्रपति भण्डारीले शपथग्रहण गराएकी हुन् ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुलगायत उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्