ओली–दाहालको तीनघन्टे छलफलमा के भयो ? • Image Khabar Image Khabar


ओली–दाहालको तीनघन्टे छलफलमा के भयो ?


Imagekhabar
५ माघ २०७४, शुक्रबार १८:३०

ओली–दाहालको तीनघन्टे छलफलमा के भयो ?

बालकोटस्थित ओली निवासमा करिब तीन घन्टा भएको दुई अध्यक्षको भेटमा कार्यदलको प्रतिवेदन, प्रदेश सरकारको गठन र राष्ट्रियसभा निर्वाचन विषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

दुई अध्यक्षले राष्ट्रियसभा गठनबारे कार्यदलले दिएको प्रतिवेदनमा छलफल गरेको उनले जानकारी दिए ।

राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशका मुख्यमन्त्री, सभामुखलगायत विषयमा साझा धारणा बनाएर जानेबारेमा छलफल भएको छ ।

छलफलमा पार्टी एकतालाई टुंगो पुर्‍याउन शनिबार दुई अध्यक्षबीच पुनः छलफल गर्दै माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको छ ।

गत पुस २६ गते बालकोटमा भएको भेटवार्तापछि एमाले अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि थाइल्यान्ड गएर आएपछि दुई नेताबीच शुक्रबार छलफल भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्