१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पोखरामा प्रदेशप्रमुखको कार्यालय, सचिवालय कहाँ ? सरसफाइ थालियो


0
Shares

शुक्रबार साविकको अध्यागमन कार्यालयलाई पर्यटन बोर्डको कार्यालयमा स्थान्तरण गरी प्रदेशप्रमुखको कार्यालयको तयारी गरिएको क्षेत्रीय प्रशासक लक्षमण अर्यालले जानकारी दिए ।

त्यस्तै, प्रदेशसभा र प्रदेशसभा सचिवालयका लागि नगर विकास प्रशिक्षण केन्द्रमा मर्मत र सरसफाइ सुरु गरिएको छ ।

भौतिक पूर्वाधार निर्माण, कार्यालयहरु मर्मत र विस्तारका लागि १७ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान छ ।

क्षेत्रीय प्रशासन र जिल्ला प्रशासनले प्रदेशप्रमुख, प्रदेशसभा, मुख्यमन्त्रीको कार्यालय, सचिवालय र निवासका लागि विभिन्न स्थानमा सिफारिस गरेपनि तालुकी मन्त्रालयले अपेक्षकृतरुपमा सहयोग नगरेको बुझिएको छ ।

प्रदेश मुख्यमन्त्रीका लागि पोखरा–लेखनाथ महानगरपालिकाको अतिथिगृह तय गरिएको छ ।

क्षेत्रीय प्रशासन र अध्यागमनको कार्यालयमा प्रदेशप्रमुखको कार्यालय र सचिवालय रहने कास्कीका प्रमुख जिल्ला अधिरकारी तारानाथ अधिकारीले बताए ।

क्षेत्रीय प्रशासकको आवसमा प्रदेशप्रमुखको निवास रहने भएको छ ।

यसैगरी, अरु १२ मन्त्रालय क्षेत्रीय शिक्षा, क्षेत्रीय सडक, क्षेत्रीय कृषि, जिल्ला कृषि, क्षेत्रीय सिँचाइ, क्षेत्रीय स्वास्थ्य, खानेपानी तथा ढल निकास विभाग, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यलय, क्षेत्रीय हुलाक, सहरी विकास भवन डिभिजनल कार्यालय रहनेछन् ।

प्रदेश संसद भवनमा प्रत्यक्षका ३६, समानुपातिकका २४ गरी ६० सांसदसहित पत्रकार, पर्यवेक्षक, विशिष्ट व्यक्ति गरी कम्तीमा १५० जना क्षमताको सभाहलको तयारी भइरहेको छ ।