सुनको मूल्य स्थीर, चाँदीको भाउ तोलामा ५ रुपैयाँले कमी « Image Khabar


सुनको मूल्य स्थीर, चाँदीको भाउ तोलामा ५ रुपैयाँले कमी



अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ५६ हजार ८०० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउमा भने तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १३ सय ३५ डलर हाराहारीमा कारोबार भएको थियो ।