११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


केन्यामा आगोलागीमा जलेर १५ जनाको मृत्यु


0
Shares

काठमाडौं, असार १४ । केन्याको राजधानी नैरोबीस्थित गिकोम्बाबजारमा भएको आगोलागीमा परी कम्तीमा १५ जनाको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा चारजना बालबालिका पनि छन् । आगोलागीमा परी ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

रातको समयमा सल्किएको आगोका कारण ठूलो क्षति भएको बताइएको छ । आगोलागीको कारण भने पत्ता लागेको छैन ।

गिकोम्बाको खुला बजारमा समय–समयमा आगोलागी हुने गरेको छ । (एजेन्सी)