बर्दियामा थप दुई विद्युत सव स्टेशन संचालन « Image Khabar


बर्दियामा थप दुई विद्युत सव स्टेशन संचालन


Imagekhabar
६ माघ २०७४, शनिबार ०९:५३

वितरण केन्द्र गुलरियाका प्रमुख अवधेशकुमार गुप्ताले चुहावट नियन्त्रण तथा कम भोल्टेजको समस्या समाधान गत पुसमा बाँसगढी, जमुनी र मैनापोखरमा तीन वटा फिडर सञ्चालनमा ल्याइएको बताए ।

उनले गत कात्तिकमा पनि ठाकुरबाबा र भुरिगाउँ फिडर निर्माण गरी सञ्चालनमा ल्याइएको जानकारी दिए । यसले विद्युत्को कम भोल्टेजको समस्या समाधान भएको उनको दाबी थियो ।

बर्दियामा गत आर्थिक वर्ष २०७३/७४ मा ३५.९२ प्रतिशत विद्युत् चुहावट भएको थियो ।

चालू आर्थिक वर्ष २०७४/७५ को मंसीर मसान्तसम्म चुहावट नियन्त्रणको अभियान प्रभावकारी रुपमा सञ्चालन गर्दै त्यसलाई २६.६५ प्रतिशतमा झारेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्