
२ सय ५० मिटर तलबाट गाउँमा पानी आउन थालेपछि खेतीपातीलाई आकासे पानीको भर पर्नुपर्ने उनीहरुको बर्षौंदेखिको बाध्यता अब अन्त्य भएको छ ।
जिल्ला कृषि विकास कार्यालयको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम मार्फत लिफ्ट प्रविधि जडानका लागि अनुदान उपलब्ध गराएपछि किसानले जिल्लामै पहिलो पटक लिफ्ट प्रविधिबाट सिँचाइ गर्न थालेका हुन् ।
कृषि विकास कार्यालयको १० लाख र स्थानीय किसानको ७ लाख गरी १७ लाख रुपैयाँको लागतमा लिफ्ट प्रविधि जडान भएको अगुवा किसान चन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यसले व्यावसायिक तरकारी खेती गर्ने किसानलाई अझ बढी फाइदा हुनेछ ।
लिफ्ट प्रविधिबाट आउने पानीले खबरा, पिपलडाँडा र सिम्ले क्षेत्रका ३५ घरधुरीलाई प्रत्यक्ष रुपमा फाइदा पुग्नेछ । अझै ३ सय मिटर पाइप अभाव रहेको किसानको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्