
काठमाडौंमा भएको पाँचौ महिला युवा व्यवसायी सम्मेलनका सहभागिले व्यवसायबाट आर्थिक समृद्धि हुने भएकाले सबै महिलालाई व्यवसायमा जुट्न आग्रह गरेका हुन् ।
राज्यका निकायमा महिलाको सन्तोषजनक पहुँच भए पनि आशातित प्रतिफल प्राप्त नभएको उनीहरुको गुनासो थियो ।
महिलाहरुलाई अधिकारसम्पन्न बनाउँदै सशक्तीकरणका लागि उद्यमशिलता आवश्यक रहेको उनीहरुको भनाइ थियो ।
नेपाल युवा उद्यमशीलता फोरमकी सदस्य प्रसन्ना बस्नेतले महिला उद्यमशीलता र सशक्तीकरण ग्रामीणमुखी हुनुपर्ने बताइन ।
आर्थिक कठिनाईका कारण उद्यम क्षेत्रमा महिला उद्यमीको सहभागिता न्यून रहेको उनको भनाइ थियो । सम्मेलनमा देशभरबाट आएका उद्यमी महिलाहरुको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस्