
गुल्मीदेखि बर्दियासम्मका जनताका लागि कपिलवस्तु बीचमा पर्ने भन्दै संयुक्त संघर्ष समिति कपिलवस्तुको अगुवाइमा जिल्लावासी प्रदर्शनमा उत्रिएका हुन् ।
जिल्लाका बुड्ढी, चन्द्रौटा, ४ नम्बर जितपुर, तौलिहवा, पकडीलगायतका स्थानमा प्रदर्शन गरिएका छन् ।
सोहीक्रममा शनिबार पूर्वपश्चिम राजमार्गको बुद्धभूमि नगरपालिका–४ बुड्ढीमा प्रदर्शन गरियो ।
कपिलवस्तु ऐतिहासिक स्थल पनि भएकाले प्रदेश राजधानी तोकिनुपर्ने तर्क उनीहरुको छ ।
प्रतिक्रिया दिनुहोस्