
चलचित्र राम्रो चलेको कार्यकारी निर्माता रमेश प्रजापतिको भनाइ छ । उनले चलचित्रले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको बताए ।
चलचित्रले अहिलेसम्म एक करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको उनले जानकारी दिए । दर्शकहरुको राम्रो प्रतिक्रियाले टिम उत्साहित बनेको उनले जनाए ।
गत शुक्रबार कुमारी हलमा प्रेस शो हेरिसकेपछि सिने कलाकारहरुले पनि बटरफ्लाईलाई सकारात्मक प्रतिक्रिया दिएका थिए ।
केन्द्रीय चलचित्र जाँच समितिबाट ‘पिजी’ सर्टिफिकेट पाएको बटरफ्लाईमा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको मुख्य भूमिका छ ।
ओमप्रतिक गुरुङको निर्देशनमा बनेको चलचित्रमा अर्पण थापा, रवीन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरवीर पण्डितलगायतको पनि अभिनय रहेको छ ।
पुष्पान्जली अधिकारी सखा, रामशरण राना र भूपेन्द्र सुवेदी चलचित्रका निर्माता हुन् ।
चलचित्र अब बेलायत र जापानमासमेत छिट्टै प्रदर्शनमा आउने निर्माणपक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्