२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


चीनले भन्यो–‘दोक्लाममा बनाइरहेको सडक वैध’


0
Shares

चिनियाँ विदेश मन्त्रालयले दोक्लाममा बनाइरहेको सडक पूरै वैध र कानुनी दायरामा भएको स्पस्ट पारेको हो । निर्माणकार्य आफ्नो सार्वभौमिक अधिकारको प्रयोग भएको चिनियाँ भनाइ छ ।

‘चीनको जायज गतिविधिमाथि भारतले बेतुकको कुनै बयान नदिने’ चिनियाँ आशा छ ।

‘गत वर्षको विवादबाट भारतले शिक्षा लिएको हुनुपर्ने’ भन्दै चिनियाँ विदेश मन्त्रालयले त्यसको पुनरावृत्ति नहुने विश्वास गरेको छ ।

भारतीय सन्चारमाध्यमहरुले दोक्लामनजिक चीनले ठूलो सैन्य कम्प्लेक्स बनाइरहेको दाबी गरेका छन् ।

गत वर्ष दोक्लाम विवाद उत्कर्षमा पुगेपछि ७३ दिनसम्म चीन–भारत दुवै मुलुकका सेना आमने–सामने भएका थिए । (एजेन्सी)