प्रदेश राजधानी माग्दै प्रधानमन्त्रीको पुत्ला जलाइयो • Image Khabar Image Khabar


प्रदेश राजधानी माग्दै प्रधानमन्त्रीको पुत्ला जलाइयो


Imagekhabar
६ माघ २०७४, शनिबार १८:५७

प्रदेश राजधानी माग्दै प्रधानमन्त्रीको पुत्ला जलाइयो

प्रदेश–५ को राजधानी कपिलवस्तुमा बनाउन माग गर्दै आएका प्रदर्शनकारीले पुत्ला जलाएका हुन् ।

कपिलवस्तु युवा संघर्ष समितिले ऐतिहासिक महत्व बोकेकोे जिल्ला कपिलवस्तुमा प्रदेशको राजधानी तोक्नुपर्ने माग राखी प्रदर्शन गरेर सदरमुकाम तौलिहवामा प्रधानमन्त्री देउवाको पुत्ला जलाइएको हो ।

बन्द तथा चक्काजामलेमात्र मागको सुनुवाइ नभएकाले थप दबाब दिन प्रधानमन्त्रीको पुत्ला जलाउनुपरेको संघर्ष समितिका संयोजक रउफ अहमद खाँले बताए ।

आन्दोलन निरन्तर रहने र प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षणपत्रसमेत बुझाइने समितिका सचिव बृजेश भटराले जानकारी दिए ।

प्रदेश राजधानी माग्दै प्रधानमन्त्रीको पुत्ला जलाइयो

प्रतिक्रिया दिनुहोस्