Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


फ्रान्स र इङ्ल्यान्ड विश्वकप हक्की प्रतियोगिताको क्वाटरफाइनलमा


0
Shares

काठमाडौं । फ्रान्स र इङ्ल्यान्ड विश्वकप हक्की प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएका प्ले अफ् खेलमा जित हात पार्दै फ्रान्स र इङ्ल्यान्डले क्वाटरफाइनलमा ठाउँ सुरक्षित गरेका हुन् ।

भारतको ओडिसामा जारी प्रतियोगिताको प्ले अफ्मा फ्रान्सले चीनलाई १–० ले हराउँदा इङ्ल्यान्डले न्यूजिल्याण्डमाथि २–० को जित निकाल्यो ।

फ्रान्सले अब क्वाटरफाइनलमा अस्ट्रेलियासँग खेल्दा इङ्ल्यान्डले अर्जेन्टिनाको सामना गर्नेछ । विश्वकप हक्कीको प्ले अफ् चरणका बाँकी दुई खेल आज हुनेछन् ।

आज पाकिस्तानले बेल्जियमसँग खेल्दा नेदरल्यान्ड्स र क्यानडा भिड्नेछन् ।