शनिबार बालकोटस्थित अध्यक्ष ओली निवासमा करिब डेढ घन्टा दुई नेताबीच भएको वार्तामा राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकारको गठन, कार्यदलको बैठकको एजेन्डाकाबारेमा छलफल भएको छ ।
भेटपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले सन्चारकर्मीलाई प्रतिक्रिया दिँदै आइतबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकको एजेन्डा तयार गर्न दुई अध्यक्षबीच छलफल भएको बताए । उनले समितिको भोलि बस्ने बैठकले महत्वपूर्ण निर्णय गर्ने बताए ।
भेटवार्तामा संयुक्त कार्यदलले तयार पारेको राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकारको गठनसम्बन्धी रिपोर्टकाबारेमा छलफल भएको बताइएको छ ।
साथै, कार्यदलको बैठकमा दुई पार्टीको साझा अवधारणा बनाएर जाने र साझा दस्तावेज तयार पारेर जानेबारेमा छलफल भएको बताइएको छ ।
छलफलमा पार्टी एकतालाई अन्तिम रुप दिनेबारेमासमेत छलफल भएको बताइएको छ । रासस









प्रतिक्रिया दिनुहोस्