गोरखामा द्रव्य शाहको सालिक स्थापना • Image Khabar Image Khabar


गोरखामा द्रव्य शाहको सालिक स्थापना


Imagekhabar
६ माघ २०७४, शनिबार २०:०६

गोरखामा द्रव्य शाहको सालिक स्थापना

गोरखा नगरपालिका वडा नम्बर–५ स्थित द्रव्य शाहको राज्यभिषेक गरिएको पस्लाङ चौतारामा गोरखा उद्योग वाणिज्य संघले सालिक स्थापना गरेको हो ।

गोरखा राज्यका संस्थापक तत्कालीन राजा द्रव्य शाहको स्मरणमा ५ लाख रुपैयाँको लागतमा उद्योग वाणिज्य संघले अर्धकदको सालिक स्थापना गरेको हो ।

सालिकको शनिबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले अनावरण गरे ।

सालिक अनावरण समारोहमा उपस्थित इतिहासविद् एवं प्राज्ञ दिनेशराज पन्तले नेपाली इतिहासको खोजी अत्यन्त कम भएको बताए ।

सालिक चित्रकार प्रचण्ड शाक्यले बनाएको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्