पर्यटन बोर्डमा तीन सदस्य नियुक्त • Image Khabar Image Khabar


पर्यटन बोर्डमा तीन सदस्य नियुक्त


Imagekhabar
६ माघ २०७४, शनिबार २०:१६

पर्यटन बोर्डमा तीन सदस्य नियुक्त

सार्वजनिक तथा निजी साझेदारी संस्था बोर्डमा निजी क्षेत्रबाट आगामी तीन वर्षका लागि सदस्य नियुक्ति गरिएको हो ।

नवनियुक्त सदस्यमा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ (टान)का पूर्वअध्यक्ष दीपक महत, पर्यटन विकास समाज कैलालीका अध्यक्ष कृष्णबहादुर महरा र अवदेशकुमार यादव छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार रिक्त तीन सदस्य नियुक्त गरेको नवनियुक्त सदस्य दीपक महतले जानकारी दिए ।

बोर्डका जम्मा ११ सन्चालक समिति सदस्यमध्ये निजी क्षेत्रबाट पाँचजनाको प्रतिनिधित्व रहन्छ ।

सरकारीतर्फबाट पर्यटन मन्त्रालयका सचिव बोर्ड अध्यक्ष र पर्यटन मन्त्रालय मातहतका विभिन्न विभागबाट सहसचिवस्तरका (महानिर्देशक) चारजना र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सदस्यसचिव रहने व्यवस्था छ ।

पछिल्लो समय बोर्ड सदस्य नियुक्ति विषयमा विवाद बढेको थियो ।

बोर्ड सदस्य नियुक्तिका लागि सिफारिस गर्न पर्यटन मन्त्रालयले सहसचिव डण्डुराज घिमिरेको संयोजकत्वमा नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङ्छिरिङ शेर्पा र टानका वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्