
बजार परिसूचक नेप्से पहिलो दिनको तुलानामा २४ अंकले ओरालो लागेर अन्तिम दिन १४ सय ६ मा आएर थामियो ।
कारोबार भएका सबै समूहमा गिरावट आएसँगै साताको नेप्से दोहोरो अंकले झरेको हो । जलविद्युत् समूह सबैभन्दा उच्च ११५ अंकले झर्यो ।
कारोबार रकम एवं कारोबार सेयर संख्याको आधारमा सानिमामाई हाइड्रोपावर अग्रस्थानमा रह्यो ।
यो साता कारोबार परिमाणमा पनि गिरावट आयो । १७० कम्पनीका २४ लाख ६१ हजार कित्ता सेयर १ अर्ब ९ करोड ५४ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भयो ।
गत साता १७४ कम्पनीका ४१ लाख कित्ता सेयर १ अर्ब ७१ करोड १२ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको थियो । कारोबार रकम गत साताकोभन्दा ३५ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्