Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


बेंसीशहर आसपासका नदीनाला सफाचट


0
Shares

लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले सफाई अभियान चलाएपछि बेसीशहरबजार आसपासका नदीनाला सफा भएका छन् ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले चलाएको सरसफाई अभियानले मूर्त रुप लिएपछि बेसीशहर बजारसँगै तिला नदीको रुप पनि फेरिएको हो ।

प्रमुख जिल्ला अधिकारीको अभियानलाई साथ दिँदै स्थानीय, जनप्रतिनिधि, कर्मचारी, सेना, प्रहरी, पत्रकार, शिक्षक सबै जुटेपछि बेसीशहर बजारसाथै नदीनाला सफा भएका हुन् ।

सरसफाई अभियानले १० औं हप्ता पुरा गरिसकेको छ । बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बेसीशहरलाई सफा, सुन्दर र स्वच्छ बनाउन सरसरसफाई अभियानलाई निरन्तरता दिइने बताए ।