प्रदेश राजधानी नतोकेको भन्दै धनकुटा कांग्रेसका सबै पदाधिकारीले दिए राजीनामा • Image Khabar Image Khabar


प्रदेश राजधानी नतोकेको भन्दै धनकुटा कांग्रेसका सबै पदाधिकारीले दिए राजीनामा


Imagekhabar
७ माघ २०७४, आईतवार ०९:४३

प्रदेश राजधानी नतोकेको भन्दै धनकुटा कांग्रेसका सबै पदाधिकारीले दिए राजीनामा

आफ्नै पार्टीको सरकार हुँदा पनि प्रदेशको राजधानी धनकुटालाई नतोकेको भन्दै नेपाली कांग्रेस धनकुटाको कांग्रेस कार्यसमितिले सामूहिक राजीनामा दिएको हो ।

धनकुटामा हिजो साँझ पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेससंग सम्बद्ध जिल्ला कार्य समिति, गाउँपालिका, नगरपालिका र जिल्ला तहका सवै पार्टी पदाधिकारीले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेलले राणाकाल, पञ्चायतकाल, वहुदलीय व्यवस्थामा समेत क्षेत्रीय सदरमुकामको रुपमा कायम रहेको र पर्याप्त भौतिक पूर्वाधार रहेको धनकुटालाई उपेक्षा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्