रसुवागढी भन्सारबाट ६ महिनामा १ अर्ब ६१ करोड रुपैयाँ राजश्व • Image Khabar Image Khabar


रसुवागढी भन्सारबाट ६ महिनामा १ अर्ब ६१ करोड रुपैयाँ राजश्व


Imagekhabar
७ माघ २०७४, आईतवार ०९:५१

रसुवागढी भन्सारबाट ६ महिनामा १ अर्ब ६१ करोड रुपैयाँ राजश्व

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा लक्ष्य भन्दा ३ प्रतिशत कम राजश्व संकलन भएको हो ।

६ महिनामा १ अर्ब ६६ करोड राजश्व असुली लक्ष्य राखेको रसुवागढी भन्सार कार्यालयले १ अर्ब ६१ करोड रुपैयाँ संकलन गरेको भन्सार प्रमुख गोपाल कोइरालाले बताए ।

विभिन्न चाडपर्व, निर्वाचनलगायतका कारणले नाकामा अवरोध हुँदा राजश्व असुलीमा असर परेको भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयले माघमा ३० करोड भन्सार असुली गर्ने लक्ष्य राखेको छ ।

माघमा चीनतर्फ सार्वजनिक विदा बढी हुने र हिउँ पर्ने समय भएकाले राजश्व संकलन प्रभावित हुनसक्ने प्रमुख भन्सार अधिकृत कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्