Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


अछामबाट विजयी भीम रावलको चुनावी खर्च १४ लाख, अन्य उम्मेदवारको खर्च कति ?


0
Shares

Bhim rawal ncp leader

 

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधिसभा निर्वाचनमा १४ लाख ७३ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयमा पेश गरिएको खर्च विवरणमा उनले १४ लाख ७३ हजार चार सय सात रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन् ।

रावलका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँरले २० लाख ५३ हजार रुपैयाँ खर्च गरेको विवरण पेश गरेका निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर एकीन्द्र बोगटीले जानकारी दिए ।

खर्च विवरण अनुसार रावलले भन्दा स्वाँरले ५ लाख ७९ हजार रुपैयाँ बढी खर्च गरेको पाइएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ का विजयी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १९ लाख ८ हजार, पराजित नेपाली कांग्रेसका पुष्पबहादुर शाहले २० लाख ६२ हजार र झंकरबहादुर शाहीले एक लाख ५९ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् ।

चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको अछाममा क्षेत्र नम्बर १ को ‘क’ का विजयी नेकपा एमालेका हर्कबहादुर कुँवरले १४ लाख ४० हजार, पराजित नेपाली कांग्रेसका मेघराज खड्काले १३ लाख ९४ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।

प्रदेशसभा १ को ‘ख’ का विजयी नेकपा माओवादी केन्द्रका झपटबहादुर बोहराले १४ लाख ११ हजार र पराजित नेपाली कांग्रेसका टेकबहादुर साउदले १० लाख ४१ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ को ‘क’ का विजयी नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावलले ११ लाख ८८ हजार तीन सय, पराजित नेपाली कांग्रेसका सुरतबहादुर विष्टले १४ लाख १४ हजार आठसय, नेपाल मजदुर किसान पार्टीका पदमबहादुर बुढाले एकलाख १८ हजार र नेकपा मालेका दिलबहादुर विष्टले ३० हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् ।

प्रदेशसभा २ को ‘ख’ मा विजयी नेकपा एमालेका बलहादुर सोडारीले ११ लाख ७७ हजार तीनसय र पराजित कांग्रेसका बलबहादुर कुवरले १३ लाख ८४ हजार आठसय खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।