२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एमाले र माओवादी केन्द्र एकता संयोजन समितिको बैठक आज बस्दै


0
Shares

पार्टी एकता संयोजक समितिको आज बस्ने बैठकमा वैचारिक छलफल सुरु हुने भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा पार्टी एकता संयोजक समितिको बैठकमा वैचारिक विषयमा छलफल गरी एकता प्रक्रिया टुंगो लगाउने सहमति भएको हो ।

पार्टी एकता संयोजक समितिको बैठकबाट राष्ट्रिय सभा र प्रदेश सरकारमा दुई पार्टीबीचको बाँडफाँट औपचारिक रुपमा टुंग्याउने सहमति पनि भएको छ ।

त्यस सम्बन्धमा दुई दलको संयुक्त कार्यदलले अधयक्षहरुलाई प्रतिवेदन बुझाइसकेको छ र त्यसमा सामान्य हेरफेर हुनसक्ने बताइएको छ ।

पार्टी एकता संयोजक समितिको आज बस्ने बैठकमा पार्टी एकतापछि पथप्रदर्शक सिद्धान्त के राख्ने भन्ने विषयमा छलफल हुने छ ।

सरकार र पार्टीको नेतृत्व बाँडफाँट तथा एकीकृत पार्टीका अन्य सांगठनिक एकाइहरुबारे भने अहिलेसम्म प्रष्टरुपमा छलफल हुन सकेको छैन ।

अब ती विषयलाई एकता संयोजन समितिको बैठकबाट औपचारिक रुपमा प्रवेश गराउने सहमति भएको बताइएको छ ।