राष्ट्रिय गौरवको आयोजना काबेली करिडोर प्रसारण लाइन निर्माणमा ढिलाइ • Image Khabar Image Khabar


राष्ट्रिय गौरवको आयोजना काबेली करिडोर प्रसारण लाइन निर्माणमा ढिलाइ


Imagekhabar
७ माघ २०७४, आईतवार १२:१८

राष्ट्रिय गौरवको आयोजना काबेली करिडोर प्रसारण लाइन निर्माणमा ढिलाइ

१० वर्ष अघि निर्माण प्रक्रिया थालिएको प्रसारण लाइन निर्माणको कामले अपेक्षित गति नलिँदा दोस्रोपटक थपिएको समय सकिँदा पनि आयोजनाको काम ७० प्रतिशत मात्र पूरा भएको छ ।

पाँचथर, इलाम, ताप्लेजुङ र तेह्रथुममा उत्पादन गरिएको बिजुलीलाई मुलुकको विद्युत् प्राणालीमा जोड्ने उद्देश्यका साथ करिडोर निर्माण प्रक्रिया अघि बढाइएको थियो ।

करिडोर निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले पर्याप्त जनशक्ति परिचालन गर्न नसक्दा कामले तीव्रता नपाएको काबेली करिडोरका प्रमुख दिपेन्द्रराज द्विवेदीले जानकारी दिए ।

दोस्रो पटक थपिएको म्याद आगामी वैशाख १० गते सकिँदैछ । वैशाखसम्ममा पनि करिडोरको काम सकिने सम्भावना कम रहेको उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणले २०६३ सालदेखि करिडोर निर्माणको प्रक्रिया अघि बढाएको थियो ।

विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकारणको कुल ३ अर्ब ५९ करोडको लागतमा करिडोर निर्माणको काम अघि बढाइएको हो ।

८० प्रतिशत विश्व बैंकको लगानीमध्ये १५ प्रतिशत अनुदान र ६५ प्रतिशत ऋण लगानीमा काम अघि बढाइएको हो ।

निर्धारित समयमा करिडोरको काम सम्पन्न नहुँदा पाँचथर, इलाम र ताप्लेजुङमा निर्माणाधीन जलविद्युत् आयोजना निर्माणको काम पनि प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्