२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ब्राजिलमा ‘एलो फिगर’ नामक ज्वरोका कारण १५ जनाको मृत्यु


0
Shares

गत डिसेम्बरदेखि फैलिएको ज्वरोका कारण कारण हालसम्म १५ जनाको मृत्यु भइसकेको छ भने सय भन्दा बढी संक्रमित छन् ।

ब्राजिलको बेलो होरिजोन्टे शहरका बालबालिका बढी प्रभावित भएका छन् भने अन्य शहरमा पनि यो ज्वरोको प्रकोप फैलिएको छ ।

रोग नियन्त्रण गर्न तीनवटा राज्यमा विभिन्न ठाउँमा स्वास्थ्य टोली परिचालन गरी शिविर सञ्चालन गरिएको ब्राजिल सरकारले जनाएको छ ।

लामखुट्टेको टोकाईबाट सर्ने यो रोग ब्राजिलका धेरै बालबालिकाको संक्रमण फैलिएको आशंका गरिएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनले ब्राजिल भ्रमण गर्ने प्रत्येक पर्यटकले यस रोगविरुद्धको खोप लगाउन सुझाव दिएको छ ।(एजेन्सी)